नेपाल खबर

आफ्नै पार्टीको उम्मेदवारलाई पराजित गर्न अगुवाई गरेको भन्दै एमालेका १४ सांसदमाथि स्पष्टीकरण

काठमाडौं, ८ जेष्ठ । वागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय सभा निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारलाई सहयोग नगरेको र पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै नेकपा एमालेको वाग्मती प्रदेश संसदीय बोर्डले माधव पक्षका १४ जना प्रदेशसभा सदस्यलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
वागमती प्रदेशका मुख्यमन्त्री तथा संसदीय दलका नेता डोरमणी पौडेलको अध्यक्षतामा शनिबार बसेको संसदीय बोर्डको बैठकले आफ्नै पार्टीका उम्मेदवारलाई पराजित गर्न अगुवाई गरेको भन्दै अष्टलक्ष्मी शाक्य र राजेन्द्र पाण्डेसहित १४ जनासँग आइतवार साँझ ५ बजेसम्म स्पष्टिकरण माग्ने निर्णय गरेको हो ।
एमालेका मुख्य सचेतक दीपक निरौलाका अनुसार स्पष्टीकरण सोधिनेमा अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, अरुणप्रसाद नेपाल, रचना खड्का, कुसुमकुमार कार्की, वसुन्धरा हुमागाईं, मुनु सिग्देल, इन्द्रमाया गुरुङ, कृष्णप्रसाद खनाल, वसन्तप्रसाद मानन्धर, शान्तिराम पौडेल, मीना ज्ञवाली, लक्ष्मण लम्साल र पार्वती सिलवाल छन् ।
लामो समयदेखि संसदीय दल, पार्टी र दलको नेता तथा सरकारविरुद्ध गतिबिधि गरेको र चुनावमा पार्टीलाई हराउन भूमिका खेलेको कारण कारवाही किन नगर्ने भनी स्पष्टिकरण मागिएको उनले बताए ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top