नेपाल खबर

प्रधानमन्त्री ओलीले तानाशाही बाटो लिए : नेता नेपाल

काठमाडौं, ८ जेठ । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा भंग गरेर तानाशाही बाटो लिएको आरोप लगाएका छन् ।
शनिबार नेता नेपालले विज्ञप्ति जारी गर्दै ओलीको यस कदमले लोकतन्त्रका जनताले बगाएको रगत र सहिदहरुको त्यागलाई घौर अपमान भएको समेत बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले अनुचित साँठगाँठ गरेर प्रतिनिधिसभा भंग गरेको उनको भनाइ छ ।
नयाँ सरकार निर्माणका लागि काँग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा प्रतिनिधि सभाका १४९ सदस्यहरु स्पष्ट बहुमत रहेको यथार्थलाई वेवास्ता गर्दै प्रधानमन्त्री नियुक्त गर्नुको साटो संवैधानिक प्रावधान कुल्चेर प्रतिनिधिसभा भंग गरिएको नेता नेपालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
संसद विघटन गर्ने दलहरुलाई फुटाउने र संविधानमाथि आघात पर्ने अलोकतान्त्रिक कदम २०७७ साल बैशाखबाटै सुरु गरेको बताउँदै नेता नेपालले प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको लोकतन्त्र र संविधान विरोधी कदमको निन्दा गर्दै देश, जनता र लोकतन्त्र खतरामा परिरहेको जटिल परिस्थितिमा नवौं राष्ट्रिय महाधिवेशनको मार्गनिर्देशन, पार्टी विधान र लोकतन्त्र पक्षधर नेता, कार्यकर्तालाई दृढताका साथ एकतावद्ध भइ प्रतिगमनविरुद्ध अघि बढ्न आग्रह गरेका छन् ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top