ओलीले बोलाए एमाले स्थायी कमिटी बैठक
अखबार टुडे
प्रकाशित:
२०७८, ८ जेष्ठ

काठमाडौं, ८ जेठ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक स्थायी कमिटी बैठक बालाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे बैठक बस्न लागेको हो ।

बैठकमा मध्यावधि निर्वाचन, विकसित राजनीतिक परिस्थिति र दलको आन्तरिक जीवन विषयमा छलफल हुने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारका सिफारिशमा गएराति आगामी कात्तिक २६ र मङ्सिर ३ गते प्रतिनिधिसभाको मध्यावधि निर्वाचनको मिति तोकेकी छन् ।

प्रतिक्रिया