दुवै पक्षको प्रधानमन्त्रीको दावी राष्ट्रपतिद्वारा खारेज, प्रतिनिधिसभा भंग
अखबार टुडे
प्रकाशित:
२०७८, ७ जेष्ठ

काठमाडौं, ७ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दावी गरिएका दुवै नभएको भन्दै खारेज गरेकी छन् ।
संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई १ सय ५३ जना सांसदको समर्थन रहेको दावी पेश गरेका थिए ।
यस्तै, विपक्षी गठबन्धन नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई १ सय ४९ जना सांसदको समर्थन भएको पत्र शुक्रबार राष्ट्रपति समक्ष बुझाएको थियो । तर दुवै दाी पूर्ण नभएको भन्दै शुक्रबार राति अबेर शीतल निवासले खारेज गरिदिएको हो ।

धारा ७६ को उपधारा ५ वमोजिम नयाँ सरकार गठन हुन नसकेपछि अब प्रतिनिधिसभा संविधान वमोजिम भंग भएको छ । यससँगै अब प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा मुुलुक चुनावमा जानेछ ।

प्रतिक्रिया