कोरोना सङ्क्रमणबाट थप १७७ जनाको मृत्यु, ७,८९० जनासङ्क्रमण मुक्त
अखबार टुडे
प्रकाशित:
२०७८, ७ जेष्ठ

काठमाण्डौं, ७ जेष्ठ । पछिल्लो २४ घण्टमा नेपालमा कोरोना भाइरस सङ्क्रमणबाट थप १७७ जनाको ज्यान गएको छ । योसँगै ज्यान गुमाउनेको सङ्ख्या ६ हजार नाघेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै शुक्रबार आठ हजार ६ सय सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
२२ हजार तीन सय ५३ नमुनाको पीसीआर परीक्षण गर्दा आठ हजार चार सय सात जना र आठ सय ७३ जनाको एन्टिजेन परीक्षण गर्दा दुई सय गरी ८ हजार ६ सय सात जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या चार लाख ९७ हजार ५२ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ७ हजार आठ सय ९० जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या तीन लाख ७४ हजार आठ सय ३६ पुगेको छ ।
अहिले नेपालमा एक लाख १६ हजार १ सय ९२ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

प्रतिक्रिया