राष्ट्रपति कार्यालयले सांसदको हस्ताक्षर अध्ययन गरेर मात्रै निर्णय गर्ने
अखबार टुडे
प्रकाशित:
२०७८, ७ जेष्ठ

काठमाण्डौं, ७ जेष्ठ । राष्ट्रपति विद्योदेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको समयसीमा भित्र सत्ता पक्ष र प्रतिपक्षी दुबै गठबन्धनले दाबी पेस गरेपछि राष्ट्रपति कार्यालयले सांसदका हस्ताक्षरको अध्ययन गर्ने भएको छ ।
दुवै पक्षले बहुमत दाबी पेस गरेपछि राष्ट्रपति कार्यालयले अध्ययन गरेर मात्रै निर्णय गर्ने भएको हो ।
नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाको बाबुराम–उपेन्द्र पक्ष र नेकपा एमालेको माधव नेपाल पक्षले १४९ जना सांसदसहितको हस्ताक्षर बुझाएका छन् ।
यस्तै प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि १५३ जना सांसदको हस्ताक्षर बुझाएको छ ।
राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालका अनुसार एमालेका केही सांसद र जसपाका केही सांसदले आफ्नो हस्ताक्षर दुरुपयोग भएको आरोप लागेकोे र केही सांसदको गुनासो आएकाले हामीले अध्ययन गरेर मात्र निर्णय गर्ने बताए ।

प्रतिक्रिया