देउवालाई प्रधानमन्त्री बनाउन बहुमत सांसदको हस्ताक्षर, दावी पेश गर्न नेताहरू शीतलनिवासमा
अखबार टुडे
प्रकाशित:
२०७८, ७ जेष्ठ

काठमाडौँ, ७ जेष्ठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई धारा ७६ (५) अनुसार प्रधानमन्त्री बन्नलाई बहुमत सांसदको हस्ताक्षर सहित विपक्षी गठबन्धनका नेताहरु राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका छन् ।
शुक्रबार सिहदरबारमा बसेको शीर्ष नेताहरुको बैठकमा देउवालाई प्रधानमन्त्रीका रुपमा अघि सार्ने सहमति जुटेको हो । उनको पक्षमा १४९ सांसदले हस्तक्षर गरेका छन् ।
वर्षमान पुनका अनुसार कांग्रेस, माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षका सांसहरुले हस्ताक्षर गरेका छन् ।
कांग्रेसका ६१, माओवादी केन्द्रका ४९ (एक स्वतन्त्रसहित), माधव नेपाल समूहका २७ र जसपाका १२ सांसदले हस्ताक्षर गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले ७६(५) अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्न संसदको बहुमत प्राप्त गर्ने आधार प्रस्तुत गर्न साँझ ५ बजेसम्मको समय दिएकी छन् ।

प्रतिक्रिया