नेपाल खबर

प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध सर्वोच्चमा १२ वटा रिट पेस

काठमाडौं, ७ जेष्ठ । प्रधानमन्त्रीको अनुरोधमा राष्ट्रपतिले संविधानविपरीत नयाँ सरकार गठन गर्न आह्वान गरेको भन्दै सर्वोच्च अदालतमा १२ वटा रिट पेस भएका छन् ।
संविधानको धारा ७६(३) बमोजिम प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले विश्वासको मत लिने प्रक्रिया सुरु नगरी वा राजीनामा नदिई संविधानको धारा ७६(५) बमोजिम नयाँ सरकार गठन प्रक्रिया सुरु गरेको भन्दै सर्वोच्चमा रिट पेस भएको हो ।
अधिवक्ताहरू लोकेन्द्रबहादुर वली, विमल अधिकारी, अजय बुढाथोकी, सन्तोष भण्डारीलगायतले प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रपतिको कार्यालयलगायतलाई विपक्षी बनाएर रिट पेस गरेका हुन् ।
सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालका अनुसार ती रिट अहिले अध्ययनका क्रममा रहेको र तिनीहरुको अध्ययनपछि कति दर्ता हुन लायक छन् वा छैनन् भन्ने निर्क्यौल हुने बताए ।
संविधानको धारा ७६(३) बमोजिम प्रतिनिधिसभाको ठूलो दलको नेताको हैसियतमा गत वैशाख ३१ गते ओलीले प्रधानमन्त्रीको शपथ लिएका थिए ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top