बाँके अपडेट : विभिन्न अस्पतालमा थप १५ जना संक्रमितको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७८, ७ जेष्ठ

बाँके, ७ जेठ । बाँकेमा थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । विभिन्न अस्पतालमा उपचाररत उनीहरुको बिहीबार साँझदेखि शुक्रबार बिहान ७ बजेसम्ममा मृत्यु भएको जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिए ।

उनका अनुसार मृतकमध्ये ८ जना बाँके, २/२ जना सल्यान र कैलालीका तथा १/१ जना दाङ, बर्दिया र प्युठानका छन् । योसँगै कोरोना संक्रमणबाट बाँके जिल्लाभित्रका २६७ पुगेको छ भने अन्य जिल्ला बाहिरका २२२ जना कोरोना संक्रमतिको उपचारका क्रममा मृत्यु भएको छ ।

प्रतिक्रिया