प्रधानमन्त्री ओलीले विश्वासको मत नलिने
अखबार टुडे
प्रकाशित:
२०७८, ६ जेष्ठ

काठमाडौं, ६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत नलिने भएका छन् । संविधानको धारा ७६ (४) अनुसार गठन भएको नयाँ सरकारका प्रधानमन्त्रीले एक महिनाभित्र संसदबाट विश्वासको मत लिनुपर्ने प्रावधान छ । तर, प्रधानमन्त्रीले ओलीले विश्वासको मत नलिने बताएका हुन् ।

बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत नलिई धारा ७६ को उपधारा ५ अनुसार नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने बताएका हुन् ।

बैठकले यही ९ जेठमा संसदको अधिवेशन आह्वान गर्ने निर्णय समेत गरेको छ । त्यसका लागि सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया