कोरोना संक्रमणबाट थप १९० जनाको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७८, ६ जेष्ठ

काठमाडौं, ६ जेष्ठ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १९० जनाको मृत्यु भएको छ । यस्तै ८,३०५ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२,०८७ नमुना परीक्षण गर्दा तिसंक्रमित पुष्टि भएको हो ।
यससँगै संक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ८५२ पुगेको छ । उनीहरुमध्ये १ लाख ८ हजार ३८ होम आइसोलसेसनमा छन् । यस्तै आज ६,५४३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया