खिमलाल देवकोटा राष्ट्रिय सभा सदस्यमा निर्वाचित
अखबार टुडे
प्रकाशित:
२०७८, ६ जेष्ठ

काठमाडौं, ६ जेष्ठ । निवर्तमान गृहमन्त्री एवं नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै वाग्मती प्रदेशको राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी भएका छन् ।
हेटौँडामा बिहीबार सम्पन्न भएको उपचुनावमा नेकपा एमालेका उमेदवार एवम् गृह मन्त्री रामबहादुर थापा बादललाई पछाडि पार्दै देवकोटा राष्ट्रिय सभा सदस्यमा विजयी भएको हो ।
खिमलाल देवकोटाले ५०८८ मतभार सहित विजयी भएको हो भने रामबहादुर थापाले ४०१४ मतभार मात्र प्राप्त गरे । यस्तै नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले २३२ मतभार पाए ।
देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल समूहको समर्थन थियो ।
माओवादी केन्द्रले गृहमन्त्रीसमेत रहेका राष्ट्रियसभा सदस्य थापालाई दल त्यागको अभियोगमा कारबाही गरेकाले पद रिक्त भएपछि उपचुनाव भएको हो ।

प्रतिक्रिया