कांग्रेसद्वारा प्रधानमन्त्री ओली र शिक्षामन्त्री श्रेष्ठविरुद्ध निर्वाचन आयोगमा उजुरी
अखबार टुडे
प्रकाशित:
२०७८, ६ जेष्ठ

काठमाण्डौं, ६ जेष्ठ । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई कारबाहीको माग गद प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निर्वाचन आयोगमा उजुरी दिएको छ ।
कांग्रेस संसदीय दलले निर्वाचन आयोगमा बिहीबार उजुरी दर्ता गराएको हो ।
आचारसंहिता विपरीत उम्मेदवारलाई विजय गराउन सरकार प्रमुखले नै मतदातालाई अपिल गरेर चुनावमा प्रभाव पार्नु स्वच्छ, निष्पक्ष र मर्यादित चुनावको आधारभूत सिद्धान्त विपरीत भएको उजुरीमा भनिएको छ ।

प्रतिक्रिया