बुर्किनाफासोमा हिंसा : १५ सर्वसाधारण र १२ हतियारधारीको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७८, ६ जेष्ठ

बुर्किनाफासो, ६ जेष्ठ (एजेन्सी) । बुर्किनाफासोमा मंगलबार अज्ञात बन्दुकधारीहरुको एक समुहले कम्तीमा पनि १५ जना सथानीय सर्वधारण नागरिकको हत्या गरेको बताइएको छ ।
उत्तरी बुर्किनाफासोको आउडल्याण्ड प्रान्तको आडजाराना भन्ने स्थानमा सो हत्याकाण्ड भएको हो ।
मंगलबार यस गाउँमा आएका ठूलो संख्याका हतियारधारीहरुले अन्धाधुन्ध गोली प्रहार गरेर ती गाउँलेको ज्यान लिएका थिए ।
त्यस्तै यहाँको उत्तरी राएल क्षेत्रमा यहाँको सैनिकले गरेको कारबाहीमा परेर १२ जना हतियारधारी मारिएका छन् ।
उनीहरु पनि गाउँलेलाई आक्रमण गर्नका लागि सो क्षेत्रमा पुगेका थिए । त्यस क्रममा सेनाले गरेको कारबाहीमा उनीहरु मारिएका हुन् ।
मंगलबार बुर्किनाफासोको आउडल्याण्ड प्रान्तको आडजारानामा पुगेका हतियारधारीले गरेको हमलामा मारिएका १५ जना स्थानीय गाउँले रहेका बताइएको छ ।
सो प्रान्तमा केही समय यतादेखि जातिय हिंसा शुरु भएको पाइएको छ । त्यस हिंसामा परेर एक हजार भन्दा बढी नागरिकको ज्यान गएको छ भने अरु लाखौँ जनता त्यहाँबाट विस्थापित भएका छन् ।

प्रतिक्रिया