कपिलवस्तुमा नेकपा (माओवादी केन्द्र)का नेता माथि गोलि प्रहार
अखबार टुडे
प्रकाशित:
२०७८, ६ जेष्ठ

बुटवल, ५ जेष्ठ । कपिलवस्तुका जिल्ला नेता नेकपा (माओवादी केन्द्र)का दीपक पाण्डेमाथि गोली प्रहार भएको छ ।
तौलिहवा–जीतपुर सडवा भन्ने स्थानमा निग्लिहवातर्फबाट मोेटरसाइकलमा आएका तीनजनाको समूहले पाण्डेमाथि बुधबार राति गोली प्रहार गरेको हो ।
कपिलवस्तु नगरपालिका तौलिहवाका ३५ वर्षीय पाण्डेको पेट र कम्मरमाथि पेस्तोलको दुईवटा गोली लागेको छ । घाइते पाण्डेको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ ।
पाण्डेको अवस्था मध्यम रहेकोे जनाएको छ । उनको शरीरबाट एउटा गोलि निकालिएको छ भने अर्को निकाल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता धर्मराज भण्डारीले बताए ।
गोली लागेका पाण्डे नदीजन्य पदार्थको ठेक्कापट्टाको काम समेत गर्ने गरेकाले व्यावसायिक लेनदेनका कारण घटना भएको हुनसक्ने प्रहरीले बताएको छ ।

प्रतिक्रिया