कोरोना संक्रमित डीएसपी राजकुमार केसीको निधन
अखबार टुडे
प्रकाशित:
२०७८, ६ जेष्ठ

काठमाडौं, ६ जेष्ठ । कोरोना भाइरसको सङ्क्रमणका कारण प्रहरी नायब उपरीक्षक डीएसपी राजकुमार केसीको ज्यान गएको छ ।
नेपाल प्रहरी अस्पतालमा उपचाररत उनको गएराति १ बजेर ४० मिनेटमा ज्यान गएको महानगरीय प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।
दुई हप्ता अगाडि उनलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया