करदाताबाट कर नलिन सरकारको नाममा सर्वोच्चको अन्तरिम आदेश
अखबार टुडे
प्रकाशित:
२०७८, ५ जेष्ठ

काठमाण्डौं, ५ जेष्ठ । सर्वोच्च अदालतले निषेधाज्ञाभरिे करदाताबाट कर नलिन सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ ।
निषेधाज्ञाको समयमा पनि आन्तरिक राजस्व विभागले म्याद तोकेर कर तिर्न ताकेता गरेको भन्दै व्यवसायीका तर्फबाट सृजना अधिकारी र शैलेन्द्र उप्रेतीले सर्वोच्चमा रिट दायर गरेका थिए ।
बुधबार रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश मीरा खड्काको एकल इजलासले निषेधाज्ञाभरि कर असुलको सूचना जारी नगर्न र निषेधाज्ञा सकिएपछि बाटोको म्यादबाहेक एक महिनाभित्र कर तिर्ने सूचना दिन सक्ने गरी अन्तरिम आदेश दिएको हो ।
महामारीको यो अवस्थामा अहिले कर तिर्न सक्ने अवस्था नरहेको सर्वोच्चको आदेशमा उल्लेख छ । व्यवसायीलाई न्यायोचित सुविधा र सन्त्रासको वातावरणबाट मुक्त राख्नु सरकारको दायित्व भएको भन्दै सर्वोच्च अदालतले यसअघिका अदालतका नजिरसमेत हेर्दा निषेधाज्ञाभित्र कर तिर्न ताकेता गर्न उचित नहुने बताएको छ ।

प्रतिक्रिया