प्रहरी निरीक्षक विश्वकर्मा बैशाख महिनाको ‘उत्कृष्ट प्रहरी’ घोषित
अखबार टुडे
प्रकाशित:
२०७८, ५ जेष्ठ

काठमाडौं, ५ जेठ । जिल्ला प्रहरी कार्यालय पाँचथरमा कार्यरत प्रहरी निरीक्षक डम्बर विश्वकर्मा बैशाख महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित भएका छन् ।

अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पु¥याउँदै विभिन्न हातहतियारसहित विध्वंसात्मक गतिविधिमा संलग्न व्यक्तिहरुलाई पक्राउ तथा कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका प्रहरी निरीक्षक विश्वकर्माको कार्यको उच्च मुल्याँकन गर्दै २०७८ साल बैशाख महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरिएको हो ।

विश्वकर्माले आम नागरिकमा सुरक्षाको अनुभूति हुनेगरी विभागीय मुल्यमान्यता, आदेश र निर्देशनको पालना गरी व्यवसायीक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्य पथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरेकाले प्रदेश १ को प्रहरी कार्यालय विराटनगरले यो उपाधि दिएको हो ।

प्रदेश १ प्रहरी कार्यालय विरानगरले आफ्ना कर्मचारीको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याँकन गर्दै प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनोट गर्दै आइरहेको छ ।

सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको विवरणसहित फ्लेक्स प्रिण्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको स्तम्भ तथा १ नम्बर प्रदेशअन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’ स्तरसम्मका प्रहरी कार्यालयहरुमा एक महिनासम्म राख्दै आएको छ ।

प्रतिक्रिया