कोरोनाबाट थप २४६ जनाको मृत्यु, थपिए ८,१७३ संक्रमित
अखबार टुडे
प्रकाशित:
२०७८, ५ जेष्ठ

काठमाडौँ, ५ जेष्ठ । पछिल्लो २४ घण्टमा कोरोना भाइरस संक्रमणबाट नेपालमा थप २ सय ४६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी मन्त्रालयका अनुसार बुधबार विभिन्न जिल्लामा गरी थप ८ हजार १ सय ७३ जना कोरोना संक्रमण पुष्टि भएकोे छ ।
पीसीआर विधिबाट गरिएको परीक्षणमा २४ घण्टामा ८ हजार ६४ जनामा संक्रमण पुष्टि भएको छ । एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ सय ९ जनामा पोजिटिभ देखिएको छ ।
यस्तै २४ घण्टामा ७ हजार ९ सय ८९ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया