गण्डकी प्रदेशका ४ मन्त्रीले लिए शपथ
अखबार टुडे
प्रकाशित:
२०७८, ५ जेष्ठ

गण्डकी, ५ जेष्ठ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनको मन्त्रिपरिषदमा राजीव गुरुङसहति ५ जना मन्त्री थपिएका छन् ।
प्रदेश प्रमुख सीता पौडेलबाट बुधबार ४ मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
शपथ लिनेमा किरण गुरुङ, रामशरण बस्नेत, विकास लम्साल र नरदेवी पुन रहेका छन् । केही दिनअघि नियुक्त भएका खेलकुद मन्त्री राजीव गुरुङ काठमाडौं भएकाले उनी आएपछि मात्र शपथ खुवाउने कार्यक्रम रहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
शपथ लगत्तै मन्त्रिपरिषद्को बैठक राखी उनीहरुलाई पुरानै मन्त्रालयको जिम्मेवारी तोकिने बताएकोे छ ।

प्रतिक्रिया