सशस्त्र प्रहरीले चलाएको गोली लागेर २२ वर्षीय एक युवक घाइते
अखबार टुडे
प्रकाशित:
२०७८, ५ जेष्ठ

बुटवल, ५ जेष्ठ । नवलपरासी (पश्चिम)को भारतीय सिमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक युवक गम्भीर घाइते भएका छन् ।
प्रहरीको गोली लागेर प्रतापपुर गाउँपालिका वडा नं. ६ कठहवाका २२ वर्षीय अविनाश राय घाइते भएका हुन् ।
बुधबार बिहान साढे ९ बजेतिर भारतीय सीमातर्फ जाँदै गरेका तीनजना नेपाली युवालाई रोक्न खोज्दा विवाद भएपछि प्रहरीले गोली चलाएको स्थानीयले बताएका छन् ।
प्रहरीले गोली चलाएको घटनाले स्थानीयमा त्रास बढेको र सीमावर्ती नेपाल र भारत दुबैतर्फको अवस्था तनावपुर्ण बनेको स्थानीयको भनाइ छ । यस घटनाबारे सशस्त्र प्रहरीको तर्फबाट कुनै कुरा सार्वजनिक भएको छैन ।

प्रतिक्रिया