गाजामा भत्किएको संरचनाको पुनर्निर्माणका लागि इजिप्टले ५ सय मिलियन डलर दिने
अखबार टुडे
प्रकाशित:
२०७८, ५ जेष्ठ

इजिप्ट, ५ जेष्ठ । इजरायली सेनाको आक्रमणमा ध्वस्त भएका गाजास्थित प्यालेस्टिनी संरचनाको पुनर्निर्माणका लागि इजिप्टले सहयोग गर्ने भएको छ ।
इजिप्टका राष्ट्रपति अब्देल फतह अल सिसीले गाजाको पुनर्निर्माणका लागि ५ सय मिलियन अमेरिकी डलर(करिब ५८ अर्ब ३५ करोड नेपाली रुपैयाँ) दिने घोषणा गरेका हुन् ।
पेरिसमा फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रों र जोर्डनका राजा अब्दुल्लाहसँगको भेटपछि राष्ट्रपति सिसीले गाजाको पुनर्निर्माणमा सहयोग गर्ने घोषणा गरेका हुन् । उनले पुनर्निर्माणमा इजिप्टका कम्पनी सहभागी हुने पनि बताए ।
हमासका प्रमुख इस्माइल हनैयाले राष्ट्रपति सिसीले प्यालेस्टाइनको हितमा सहयोग गरेको भन्दै धन्यवाद व्यक्त गरेका छन् । पछिल्लो समय इजिप्टले हमाससँग सम्बन्ध बढाइरहेको छ ।
सन् २०१७ मा हनैया आफ्नो प्रतिद्वन्द्वी समूह फतहसँग वार्ता गर्नका लागि इजिप्ट गएका थिए । उक्त वार्ताको मध्यस्थता इजिप्टले नै गरेको थियो ।

प्रतिक्रिया