नेपालमा तीन किसिमका कोरोनाको भेरियन्ट सक्रिय
अखबार टुडे
प्रकाशित:
२०७८, ४ जेष्ठ

काठमाडौं, ४ जेठ । नेपालमा भारतीय भेरियन्टको कोरोनाभाइरसको संक्रमण फैलिएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो पुष्टि गरेको हो ।

कोभिड–१९ संक्रमितका ३५ वटा नमूनाहरुको जीन सिक्वन्सिङ गरी प्राप्त नतिजाअनुसार ९७ प्रतिशत (३४) जनामा बी.१.७१२.२ नयाँ भेरियन्ट र ३ प्रतिशतमा बी.१.७१२.१ पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा हाल ३ कोरोनाभाइरस तीन प्रकार (भेरियन्ट) सक्रिय रहेको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयले कोरोना संक्रमित ३५ जनाको स्वाब संकलन गरी जिन सिक्वेन्सिङका लागि विश्व स्वास्थ्य संगठनको समन्वयमा भारतको सीएसआईआर इन्स्टिच्यूट अफ जेनोमिक्स एण्ड इन्टरग्रेटिभ बायोलोजीमा पठाइएको जनाएको छ ।

विश्व स्वास्थ्य संगठनले २०२१ मे १० मा यो नयाँ भेरियन्टलाई विश्वव्यापी भेरियन्ट अफ कन्सर्न भनी घोषणा समेत गरिसकेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया