निषेधाज्ञा अवधिभर जरिबाना नलिन बैंकहरूलाई राष्ट्र बैंकको निर्देशन
अखबार टुडे
प्रकाशित:
२०७८, ४ जेष्ठ


काठमाडौं, ४ जेष्ठ ।
निषेधाज्ञा अवधिभर बैंकहरूले जरिबाना लिन नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले निषेधाज्ञा अवधिभर ग्राहकबाट कर्जा असुली गर्दा जरिबाना नलिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो ।
चालु आर्थिक वर्षका लागि ल्याइएको मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षा गर्दै राष्ट्र बैंकले निषेधाज्ञाका बेला ऋणीसँग जरिबाना नलिन निर्देशन दिएको हो ।
यस्तै राष्ट्र बैंकले निषेधाज्ञा सकिएको एक महिनासम्म लिलामी प्रक्रियासमेत अघि नबढाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।
निषेधाज्ञा अवधि र निषेधाज्ञा सकिएको एक महिनासम्म बैंक तथा वित्तीय संस्थाले कुनै पनि प्रकारको असुलीसम्बन्धी सूचना वा लिलामीसम्बन्धी सूचना जारी गर्न नपाउने व्यवस्था मिलाइएको राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताए ।

प्रतिक्रिया