अर्थतन्त्र

शेयर बजारमा नेप्सेको नयाँ रेकर्ड : ११ अर्बभन्दा धेरैको कारोबार

काठमाण्डौं, ४ जेष्ठ । शेयर बजार परिसूचक नेप्सेले फेरि नयाँ कीर्तिमान कायम गरेको छ । मङ्गलवार कारोबार रकम र नेप्से परिसूचक अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।
नेप्से परिसूचक ३४ दशमलव ५८ अङ्कले बढेर दुई हजार सात सय ९३ दशमलव ८९ अङ्कमा पुगेको छ । यो अहिलेसम्मकै उच्च विन्दु हो ।
आज उत्पादनमूलक समूहबाहेक सबै समूहको परिसूचक बढेको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको परिसूचक दुई सय चार दशमलव १४ अङ्कले बढेको छ भने होटल र पर्यटन समूहको परिसूचक दुई सय अङ्कले बढेको छ ।
यस्तै आज दिनभर ११ अर्ब ३५ करोड ९३ लाख रुपैयाँभन्दा धेरैका दुई करोड ३१ लाखभन्दा धेरै कित्ता शेयर किनबेच भएको छ । सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको ६७ करोड ९२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यस्तै नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३१ करोड ५६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
आज सोल्टी होटल लिमिटेड, ओरिएन्टल होटल लिमिटेड, नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड, विशाल बजार कम्पनी लिमिटेड, बेस्ट फाइनान्स कम्पनी लिमिटेड, मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड, समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड, शिवश्री हाइड्रोपावर लिमिटेड लगायत ११ कम्पनीको शेयर मूल्य १० प्रतिशत बढेको छ ।
आज नेपाल दूरसञ्चार कम्पनी लिमिटेडलगायत कम्पनीको शेयर मूल्य भने घटेको छ ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top