सुनचाँदीको मूल्यवृद्धिले निरन्तरता पायो
अखबार टुडे
प्रकाशित:
२०७८, ४ जेष्ठ

काठमाडौं, ४ जेष्ठ । गत आइतबारदेखि सुनचाँदीको मूल्यमा भएको वृद्धिले आज मंगलबार पनि निरन्तरता पाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला अधिकतम ६०० रुपैयाँले वृद्धि भएर ९३ हजार ४०० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ९२ हजार ९०० रुपैयाँ कामय भएको छ ।
यता चाँदीको मूल्य भने मंगलबार प्रतितोला ३५ रुपैयाँले वृद्धि भएर १ हजार ३९० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया