शक्तिशाली चक्रवातका कारण भारतमा १२ जनाको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७८, ४ जेष्ठ

भारत, ४ जेष्ठ । अरब सागरमा विकसित शक्तिशाली चक्रवातका कारण भारतमा १२ जनाको ज्यान गएको छ । यसैगरी एक लाख ५० हजार जना विस्थापित भएका छन् ।
त्यहाँ भीषण वर्षा र तीव्र गतिको हावाहुरी चलेको छ भने जनजीवन अस्तव्यस्त बनेको छ । सबैभन्दा धेरै मुम्बई प्रभावित भएको छ ।
नौ सेनाको जहाजमार्फत चक्रवातमा फसेकाहरुको उद्धार भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मुम्बईमा ११४ किलोमिटर प्रतिघण्टाको गतिमा हुरी चलेको थियो ।
चक्रवातका कारण मुम्बई, थाणे, रायगढ लगायत क्षेत्रको जनजीवन प्रभावित भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यस्तै, कयौँ घर भत्किएका छन् भने बिजुलीका पोल भत्किँदा विद्युत आपूर्ति बन्द भएको छ ।
भीषण हावाहुरी र वर्षाका कारण मुम्बईमा हवाई क्षेत्रसहित रेल सेवा समेत प्रभावित भएका छन् । समुद्रमा चार मिटरसम्म लहर उठेको छ । यो चक्रवात गएराति १८५ किलोमिटर प्रतिघण्टाको गतिमा गुजरातमा आइपुगेको छ ।

प्रतिक्रिया