पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट २१४ जनाको मृत्यु, निको भए ५,७६७
अखबार टुडे
प्रकाशित:
२०७८, ३ जेष्ठ

काठमाडौं, ३ जेष्ठ । नेपालमा पछिल्लो २४ घन्टामा थप ९,२४७ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालाबाट २१,६५३ जनामा पिसिआर विधिबाट नमूना परीक्षण गर्दा ९,१९८ मा पोजेटिभ देखिएको र ४३४ जनाको एन्टिजेन परीक्षण गर्दा ४९ जनामा पोजेटिभ देखिएको छ ।
यसैगरी सोहीअवधिमा २१४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । योसँगै मृत्यु हुनेको संख्या ५२१५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ५,७६७ जना डिस्चार्ज भएका छन् । योसँगै अहिलेसम्म ३ लाख ४५ हजार ५ सय २३ कोरोनामुक्त भएका छन् ।

प्रतिक्रिया