कर्णाली प्रदेशका नवनियुक्त दुई मन्त्रीको शपथग्रहण
अखबार टुडे
प्रकाशित:
२०७८, ३ जेष्ठ

काठमाडौं, ३ जेष्ठ । कर्णाली प्रदेश सरकारका नवनियुक्त दुई मन्त्री सीता नेपाली र गोपाल शर्मालले शपथ लिएका छन् । दुवै मन्त्रीलाई सोमबार प्रदेशप्रमुख गोविन्द्रप्रसाद कलौनीले शपथ गराएको हो ।
नवनियुक्त आन्तरिक मामिला, कानून, युवा तथा खेलकूदमन्त्री सीता नेपाली र आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले प्रदेश प्रमुखसमक्ष पद तथा गोपनीयताको शपथ लिएको छ ।
प्रदेश प्रमुखको कार्यालयले संविधानको धारा १६८ को उपधारा ९ र धारा १७० को उपधारा १ बमोजिम आइतबार साँझ मन्त्री नियुक्त गरेको थियो ।
आन्तरिक मामिलामन्त्री नेपाली र आर्थिक मामिलामन्त्री शर्माले आजै पदभार ग्रहण गरेएको छ ।
सामाजिक विकास मन्त्रालय र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको जिम्मेवारी भने मुख्यमन्त्री महेन्द्रबहादुर शाही आफैँले सम्हालेका छन् ।

प्रतिक्रिया