अर्थतन्त्र

नेप्से फेरि कीर्तिमानी विन्दुमा : ११ कम्पनीको शेयर झण्डै १० प्रतिशतले बढ्यो

काठमाण्डौं, ३ जेष्ठ । शेयर बजार परिसूचक नेप्से फेरि कीर्तिमानी विन्दुमा पुगेको छ । सोमवार २० दशमलव ७१ बढेर २७ सय ५९ दशमलव २२ विन्दुमा पुगेको नेप्सेले अहिलेसम्मकै उच्च विन्दुको रेकर्ड बनाएको हो ।
आज बैंकिङ समूहको शेयर नौ अङ्कले, व्यापार समूहको सात अङ्कले, जलविद्युतको ६८ अङ्कले, फाइनान्सको साढे १२ अङ्कले, माइक्रो फाइनान्सको १५ अङ्कले, जीवन बीमा समूहको एक सय १८ अङ्कले, निर्जीवन बीमाको ३९ अङ्कले र अन्य समूहको शेयर साढे ५७ अङ्कले बढेको छ । होटल, विकास बैंक र उत्पादन समूहको शेयर भने घटेको छ ।
नेप्सेले कीर्तिमानी विन्दुको रेकर्ड बनाएको दिन कारोबार रकम भने घटेको छ । दुई सय १८ वटा कम्पनीका एक करोड ९० लाख कित्ता शेयर नौ अर्ब ५७ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको ६६ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।
रुरु हाइड्रो र समता घरेलु लघुवित्तसहित ११ कम्पनीको शेयर झण्डै १० प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि विशाल बजार कम्पनी, श्री इन्भेस्टमेन्ट लगायतका केही कम्पनीको शेयर सामान्य घटेको छ ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top