नेपाल टेलिकमले शुरु गर्यो फोरजी भ्वाइससहितको नयाँ सेवा
अखबार टुडे
प्रकाशित:
२०७८, ३ जेष्ठ

काठमाडौं, ३ जेष्ठ । नेपाल टेलिकमले आज देखि प्रिपेड तथा पोस्टपेड फोरजी मोबाइलमा फोरजी भ्वाइस सेवा शुरु गरेको छ ।
टेलिकमले आफ्नो सेवालाई समयनुकुल बनाउन आधुनिकीकरण गर्ने क्रममा वायरलेस प्रविधिको चौथो पुस्ताको फोरजीमा लेट प्रविधि भोल्ट सेवा सञ्चालनमा ल्याएको विज्ञप्तीमार्फत जनाएको हो ।
यो सेवाको उपलब्धतासँगै फोरजी मोबाइलमा हाई डेफिनेसन भ्वाइस, डायल गर्नासाथ सम्पर्क कायम हुने नेटवर्कको सहज उपलब्धताका साथै सेवामा थप गुणस्तरीयता बड्ने टेलिकमले जनाएको छ ।

यो सेवा प्राप्त गर्न आफ्नो मोबाइलबाट *४४४# डायल गरी प्राप्त निर्देशनहरुको अनुशरण गरी सिममा एक्टिभेट गर्न सकिने जनाएको छ ।
यो सेवा मोबाइलमा सक्रिय गर्नका लागि मोबाइलको सेटिङमा गई भोल्ट कल फर एनटिसी सिम समेत इनेबल गर्नु पर्ने टेलिकमले जनाएको छ ।
मोबाइल सेटको माथिल्लो लहरमा भोल्टको संकेत देखा परे पछि *१११# डायल गरे पछि यो सेवा लिन सकिन्छ । २८ दिनसम्म प्रयोग गर्न सकिने यो सेवा एक सय मिनेट भोल्ट भ्वाइस सुविधा एकपटकका लागि निःशुल्क उपलब्ध गराउने समेत जनाएको छ ।
आफ्नो मोबाइल सेटले भोल्ट सपोर्ट गर्छ÷गर्दैन भनी थाहा पाउनका लागि वा यो सेवा सम्बन्धी अन्य जानकारी प्राप्त गर्न यो https://ntc.net.np/post/volte लिंक क्लीक गरेर प्रयोग गर्न सकिन्छ ।

प्रतिक्रिया