नेपाल खबर

आइतबार ७,३६८ जनामा कोरोना संक्रमण पुष्टि, १४५को मृत्यु

काठमाडौं, २ जेष्ठ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट १४५ जनाको मृत्यु भएको छ । त्यस्तै ७,३६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
१९,५३९ पीसीआर परीक्षणमा ७,३१६ र ३४४ एन्टिजेन परीक्षणमा ५२ जनामा संक्रमण पुष्टि भएको हो ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १,१०,१६३ जना रहेको पनि मन्त्रालयले जनाएको छ ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top