ओली–नेपालबीचको ‘वान टु वान’ वार्ता सकियो
अखबार टुडे
प्रकाशित:
२०७८, २ जेष्ठ

काठमाडौं, २ जेष्ठ । सिंहदरबारमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच ‘वान टु वान’ वार्ता सकिएकोे छ ।
आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा ओली र नेपालबीच करिब २ घण्टाको वार्तामा पार्टीभित्रको विवाद मिलाउ कार्यदल बनाउने निर्णय भएको बताइएको छ ।
कार्यदलमा दुवै पक्षका ५÷५ जना सदस्य बनाउने निर्णय गरेको वरिष्ठ नेता माधवकुमार नेपालले जानकारी दिए ।
कार्यदलमा अध्यक्ष ओली पक्षको तर्फबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् भने माधव नेपाल पक्षको तर्फबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त छन् ।

प्रतिक्रिया