अरब सागरमा विकसित सामुद्रिक आँधीको प्रभाव नेपालमा पनि पर्ने सम्भावना
अखबार टुडे
प्रकाशित:
२०७८, २ जेष्ठ

काठमाण्डौं, २ जेष्ठ । अरब सागरमा विकसित चक्रवातबाट नेपाल पनि प्रभावित हुने मौसमविद्हले बताएका छन् ।
‘ताउ ते’ नाम दिइएको यो चक्रवातका कारण नेपालमा हावाहुरी, चट्याङसहित वर्षा हुने मौसमविद्को पूर्वानुमान छ ।
अबको २४ घण्टासम्म यो सामुद्रिक आँधीको प्रभाव नपरे पनि त्यसपछि भने पर्न सक्ने सम्भावना देखिएको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए ।
मौसमविद् अर्यालकाअनुसार यो आँधीको प्रभावका कारण नेपालको मध्य र पश्चिम तराईका जिल्लामा असर पर्ने अनुमान गरिएको छ ।
‘तौ ते’ नाम गरेको यो सामुद्रिक आँधीसँगै पश्चिमी वायु र न्यून चापीय प्रणालीको पनि प्रभाव पर्ने सम्भावना रहेकाले भोलि बेलुकापछि भने देशका धेरै ठाउँको मौसम बदली हुने सम्भावना रहेको छ ।
आज र भोलिको मौसम सामान्यतया सफा नै रहे पनि त्यसपछिका एक÷दुई दिन धेरै ठाउँमा मेघगर्जनसहित पानी पर्ने मौसमविद् अर्यालले जानकारी दिए ।
यो आँधीको प्रभाव र अवस्था हेरेर सूचना सार्वजनिक गर्ने मौसमविद्को तयारी छ ।
‘तौ ते’ समुद्री आँधीका कारण भारतको केरलामा दुई जनाको ज्यान गएको छ ।

प्रतिक्रिया