बरिष्ठ गीतकार तथा निर्देशक कार्कीको निधन
अखबार टुडे
प्रकाशित:
२०७८, २ जेष्ठ

काठमाडौं, २ जेठ । वरिष्ठ गीतकार तथा चलचित्र निर्देशक चेतन कार्कीको निधन भएको छ । उनको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा आज आइतबार बिहान १० बजेर २५ मिनेटमा निधन भएको जानकारी संगीत समीक्षक प्रकाश सायमीले दिएका छन् ।

केही दिनदेखि उनी कोरोनाको संक्रमणबाट पिडित थिए । उनको अवस्था गम्भीर भएपछि उनलाई शनिबार दिउँसो १ बजे आईसियु वार्डमा सारिएको थियो ।
नेपाली गीत संगीत क्षेत्रमा कयौँ कालजयी गीत दिएका चेतन कार्कीले विश्वासलगायत कयौँ नेपाली चलचित्रको निर्देशन गरेका थिए ।

प्रतिक्रिया