पछिल्लो १२ घण्टामा विराटनगरमा थप १२ संक्रमितको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७८, २ जेष्ठ

विराटनगर, २ जेष्ठ । पछिल्लो १२ घण्टामा विराटनगरका विभिन्न अस्पतालमा कोरोना संक्रमणका कारण थप १२ जनाको मृत्यु भएको छ ।
विराटनगरस्थित कोभिड १९ उपचार केन्द्रमा विराटनगर– १ का ३४ वर्षीया महिला, विराटनगर– १४ का ६८ वर्षका पुरुष, सुनवर्षी नपगरपालिका– ३ मोरङका ५३ वर्षका पुरुषको उपचारको क्रममा मृत्यु भएको सो उपचार केन्द्रका फोकल पर्सन अनुपम राजबंशीले जानकारी दिएको छ ।

यसै गरी विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा विराटनगर महानगरपालिका– ४ का ५२ वर्षका पुरुष, विराटनगर– १ का ३५ वर्षका पुरुष, बेल्टार– ५ उदयपुरका ५६ वर्षका पुरुष, पथरी सनिश्चरे– १ मोरङका ६४ वर्षकी महिला, सिराहा– ६ का ६२ वर्षका पुरुष, सिराहा– ७ का ६९ वर्षका पुरुष र मोरङको सुन्दर हरैँचा– ९ की ६० वर्षकी महिलाको उपचारको क्रममा मृत्यु भएको सो अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

यसैगरी विराट अस्पतालमा सर्लाही– १ लालबन्धी का ३५ वर्षकी महिलाको र इलाम– ८ का ३४ वर्षका पुरुषको उपचारकै क्रममा मृत्यु भएको सो अस्पतालका कोभिड इन्चार्ज सुनिल देवले जानकारी दिए ।

प्रतिक्रिया