जसपाभित्र विवाद : अध्यक्ष ठाकुरले भने, ‘कार्यकारिणी समिति बैठक डाकिएको छैन’
अखबार टुडे
प्रकाशित:
२०७८, १ जेष्ठ

काठमाडौं, १ जेठ । जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुरले पार्टी केन्द्रीय कार्यकारिणी समितिको कुनै बैठक नडाकिएको दावी गरेका छन् ।

जसपाका अर्का अध्यक्ष उपेन्द्र महतो समूहले शनिबार कार्यकारिणी समितिको बैठक बोलाएकामा असन्तुष्टि जनाउँदै अध्यक्ष ठाकुरले विज्ञप्ति जारी गर्दै जसपाको कुनैपनि बैठक नडाकिएको स्पष्ट पारेका हुन । जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक नडाकिएको र त्यस्तो कुनै जानकारी नआएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यता अध्यक्ष यादव र सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई समूहले पार्टीको कार्यकारिणी समितिको बैठक बोलाइएको जिकिर गरेको छ ।

पछिल्लो समय जसपामा दुई धार स्पष्ट देखिएको छ । सत्ता समीकरणको विषयदेखि नै जसपामा आन्तरिक विवाद देखिएको हो ।

प्रतिक्रिया