शनिबार ८,१६७ जना कोरोना संक्रमित थपिए, १८७ को मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७८, १ जेष्ठ

काठमाडौं, १ जेष्ठ । नेपालमा पछिल्लो २४ घन्टामा थप ८,१६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
देशभरका विभिन्न प्रयोगशालामा गरिएको एन्टिजेन र पीसीआर परीक्षणका क्रममा शनिबार थप ८,१६७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभरका प्रयोगशालाबाट १७,९७१ जना आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो । यस्तै, सोही अवधिमा ५७७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।
यसै अवधिमा १८७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४,८५६ पुगेको छ ।

प्रतिक्रिया