चीनद्वारा अस्थायी रुपमा सगरमाथा आरोहणमा रोक
प्रकाशित:
२०७८, १ जेष्ठ
काठमाडौं, १ जेठ । चीनले तत्कालका लागि सगरमाथा आरोहणमा रोक लगाएको छ । नेपालमा कोरोना संक्रमणको दर उच्च रहेको र नेपालतर्फको आधारशिविरमा केही आरोहीमा संक्रमण देखिएपछि अस्थायी रुपमा आरोहणमा रोक लगाएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।
चीनले शुक्रबार एक सूचना जारी गर्दै सगरमाथा आरोहणको अनुमति बन्द गरिएको जानकारी दिएको हो । नेपालको मोहडाबाट हुनसक्ने भाइरस संक्रमणबाट सतर्क हुन चीनले उक्त निर्णय गरेको जारी सुचनामा उल्लेख छ ।
चीनले यस सिजनका लागि ३८ जना चिनियाँ आरोहीलाई सगरमाथा आरोहणको अनुमति दिएको थियो भने नेपालले भने ४०८ जना आरोहीलाई अनुमति दिएको थियो ।
चीनले आरोहण स्थगित गर्ने निर्णय गरेपछि ती सबै चिनियाँ आरोही बीचबाटै फर्किएको जनाइएको छ । महामारीका कारण गत वर्ष दुवै देशले सगरमाथा आरोहणको अनुमति दिएका थिएनन् ।
प्रतिक्रिया