चीनको अन्तरिक्ष रोबोट मङ्गल ग्रहमा सफलतापूर्वक अवतरण
अखबार टुडे
प्रकाशित:
२०७८, १ जेष्ठ

चीन, १ जेष्ठ । चीनको दुई सय ४० किलोग्रामको अन्तरिक्ष रोबोट मंगल ग्रहमा अवतरण गरेको छ ।
६ वटा पाङ्ग्रा भएको रोबर्ट मङ्गल ग्रहको उत्तरी गोलार्धमा सफलतापूर्वक अवतरण गरेको चिनियाँ अधिकारीलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।
यो सँगै चीन मङ्गल ग्रहमा यान अवतरण गराउने अमेरिकापछि दोस्रो देश बनेको छ । मङ्गल ग्रहमा यान अवतरण गराउने ज्यादै कठिन काम मानिदै आएकोमा त्यसमा सफलता पाएको चिनियाँ सञ्चारमाध्ययमले जनाएका छन् ।
चीनले तिआन्वेन–१ अभियान अन्तर्गत तीन महिना अघि यानलाई मङ्गल ग्रहतर्फ पठाएको थियो । रोबर्टले सतह र सहतमुनिको भौगर्भिक अध्ययन गर्नेछ ।
रोबर्टमा जडान गरिएका क्यामराहरूले तस्बिर खिच्ने र यताउता गर्न दिशा पत्ता लगाउन सहयोग गर्छन् । अरू पाँचवटा उपकरणले त्यहाँका ढुङ्गामा खनिज पदार्थको परीक्षण र हिउँ भए नभएको आकलन गर्ने बताइएको छ ।
तिआन्वेन–१ मङ्गल ग्रहमा पुग्ने चीनको दोस्रो प्रयास हो । यसअघि सन् २०११ मा रुससँग मिलेर चीनले अगाडि बढाएको अभियान प्रक्षेपण गर्ने क्रममा विफल भएको थियो ।

प्रतिक्रिया