अनुदानको स्वास्थ्य सामग्री लिन बेइजिङ जाँदै वाइडबडी विमान
अखबार टुडे
प्रकाशित:
२०७८, १ जेष्ठ

काठमाडौं, १ जेठ । चीनले नेपाललाई दिएको अनुदानको अक्सिजन सिलिण्डर लगायतका स्वास्थ्य सामग्री लिन आज नेपाल एयरलाइन्सको वाइडबडी विमान बेइजिङ जाँदैछ ।

एयरलाइन्सका महाप्रवन्धक डिमप्रकाश पौडेलका अनुसार वाइडबडी जहाज शनिबार साँझ बेइजिङ उड्दैछ । उक्त जहाजले ४ सय थान सिलिण्डर, ४ सय थान अक्सिजन कन्सन्टे«टर र अन्य चिकित्सा सामग्री नेपाल ल्याउने भएको छ ।

यसअघि गत २७ वैशाखमा पहिलो खेप स्वास्थ्य सामग्री लिन जहाज बेइजिङ गएको थियो । त्यस बेला चार सय थान अक्सिजन सिलिण्डर, १६० थान अक्सिजन कन्सन्टे«टर, १० थान भेन्टिलेटर लगायतका सामग्री लिएर वैशाख २८ गते जहाज काठमाडौं आइपुगेको थियो ।

चीनले नेपाललाई २० हजार थान अक्सिजन सिलिण्डर अनुदानमा दिने घोषणा यसअघि नै गरिसकेको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल पठाउनका लागि दोस्रो खेप अक्सिजन सिलिण्डर तयार भएको जानकारी दिएकी छन् ।

प्रतिक्रिया