कोरोना संक्रमणबाट शुक्रबार थप २०३ जनाको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७८, ३१ बैशाख

काठमाडौं, ३१ वैशाख । शुक्रबार थप ८ हजार ५२० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै यस अवधिमा थप २०३ जनाको कोरोनाबाट मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । योसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४ हजार ६ सय ६९ पुगेको छ ।
आज कुल २० हजार ९४८ जनाको पिसिआर र ५३० जनाको एन्टिजेन परीक्षण हुँदा उक्त संख्या भेटीएको हो । हाल देशभर १ लाख ७ हजार ३३६ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया