तेस्रो पटक प्रधानमन्त्रीले लिए सपथ, सबै मन्त्री दोहोरिए
अखबार टुडे
प्रकाशित:
२०७८, ३१ बैशाख

काठमाडौं, ३१ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ लिएका छन् । शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीलाई शपथ गराएकी हुन् ।

प्रधानमन्त्री ओलीले तेस्रोपटक प्रधामन्त्रीमा सपथ लिएका हुन् । उनले नयाँ मन्त्रिमण्डल विस्तार गर्न लागेको चर्चा भएपनि पुरानै मन्त्रीहरुलाई दोहोराएका छन् ।

संविधानको धारा ७६ (३) अनुसार बिहीबार राति ओलीलाई प्रधानमन्त्री नियुक्त गरिएको थियो । राष्ट्रपतिबाट शपथ लिएका ओलीले आजै सिंहदरबार आएर पदभार ग्रहण गर्दैछन् ।

प्रतिक्रिया