बुढानिलकण्ठमा कांग्रेस, माओवादी र जसपाको बैठक सकियो
अखबार टुडे
प्रकाशित:
२०७८, ३१ बैशाख

काठमाडौं, ३१ बैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर निवास बुढानिलकण्ठमा भएको छलफलमा कांग्रेस, माओवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुबीच छलफल सकिएको छ । विपक्षी तीन दलबिचको बैठक करिब सवा २ घण्टा चलेको थियो ।
बैठकमा नेताहरुले जसपालाई एकतावद्ध बनाउन नसकेको र एमालेको माधव नेपाल समूहका नेताहरुले सहयोग नगरेको गुनासो गरेका छन् ।
साथै बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको सम्भावित कदमबारे पनि छलफल गरेका छन् ।
अब प्रधानमन्त्रीले विश्वासको मत लिएर सरकार चलाउँछन् कि मध्यावधि चुनावतिर लैजान्छन् भन्ने पनि छलफल भएको थियो ।
बैठकमा सहभागी एक नेता भन्छन्, ‘प्रधानमन्त्री ओलीको चाहना मध्यावधि भएकाले जसपाको महन्थ ठाकुर–राजेन्द्र महतो पक्षलाई तटस्थ नै राखेर मुलुकलाई मध्यावधितिर लैजान सक्छन् ।’
वैकल्पिक सरकार गठनको प्रयास असफल भएपछि तीन दलका नेताहरु एकठाउँमा बसेका थिए ।

प्रतिक्रिया