युवा ब्यवसायी श्रेष्ठद्वारा खाद्यान्न वितरण
अखबार टुडे
प्रकाशित:
२०७८, ३० बैशाख

काठमाडौं, ३० बैशाख । दैनिक ज्याला, मजदुरी गरेर आफ्नो घरपरिवार चलाउनेहरुको दिनचर्या कठिन बन्दै गएको छ ।

सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लगाएको निषेधाज्ञालाई अझ कडाइ गरेपछि मजदुरी गरेर जिविकोपार्जन परिवारलाई थप समस्या परेको हो ।

यस्तो कठिन अवस्थामा परेका पिडित परिवारलाई युवा ब्यवसायी तथा समाजसेवी नवराज श्रेष्ठले केही घरपरिवालाई दुई महिनालाई पुग्ने अतिआवश्यक खाद्यान्न सहयोग गरेका छन् भने आफ्नो कम्पनीबाट संचालनमा आइरहेको रहेको ट्याक्सीलाई समेत बिरामी बोक्नको लागि एमबुलेन्सको रुपमा प्रयोगमा ल्याएका छन् ।

पीडित परिवारहरुलाई अति आवश्यक खाद्यान्न सामाग्रीहरु उपलब्ध गराइ केही हदसम्म मल्हम लगाउने उद्देश्यले राहत बितरण गरिएको युवा ब्यवसायी श्रेष्ठले बताए । दोलखा पांघखर गाउँपालिका घर भई भक्तपुरका इट्टा भट्टमा मजदुरी गर्दै आइरहेका पदम घर्ती, बछु माझीलगायतका परिवारलाई श्रेष्ठले खाद्यान्न उपलब्ध गराएका हुन् ।

प्रतिक्रिया