पल शाह र उषाको ‘यस्तो माया’ (भिडियो हेर्नुस्)
अखबार टुडे
प्रकाशित:
२०७८, ३० बैशाख

काठमाडौं, ३० बैशाख । गीतकार निशा शर्मा अर्यालको ‘यस्तो माया’ बोलको गीतले छोटो समयमै चर्चा बटुल्न सफल भएको छ । गीत सार्वजनिक भएको छोटो समयमानै गीतलाई यूट्यूबमा २० लाखभन्दा धेरैपटक हेरिएको छ ।

गीतमा गायक प्रताप दास र गायिका बेनिशा पौडेलको सुमधुर स्वर छ भने दिपक शर्माले संगीत भरेका छन् ।
बिधान कार्कीले निर्देशन गरेको भिडियोमा पल शाह र मोडल उषा उप्रेती भिडियोमा फिचर्ड छन् । पल र उषाको केमिस्ट्री भिडियोमा गजब देखिएको छ ।
म्युजिक भिडियोमा उत्सव दाहालको छायाँकन, विकाश दाहालको सम्पादन, नन्दा अधिकारीको मेकअप रहेको छ । गीतकार अर्याल यतिबेला अर्को नयाँ गीत जे भयो ठिकै भयो बजारमा ल्याउने तयारीमा छिन् ।

प्रतिक्रिया