युरोपेली सङ्घ इयुद्वारा २८ करोड सहायता परिचालन
अखबार टुडे
प्रकाशित:
२०७८, ३० बैशाख

काठमाडौं, ३० बैशाख । कोभिड–१९ विरुद्धको नेपालको लडाइँमा युरोपेली सङ्घ (इयु)ले रु २८ करोड २० लाख बराबरको मानवीय सहायता परिचालन गरेको छ ।
महामारीविरुद्धको नेपालको सङ्घर्षमा ऐक्यबद्धता जनाउँदै इयुले कोरोनाविरुद्धका स्वास्थ्य उपकरण खरिद तथा आपूर्ति, आकस्मिक चिकित्सक टोली परिचालन, घरमै एकान्तबासमा रहेका बिरामी ‘टेलिहेल्थ÷टेलिमेडिसिन’ बिरामीलाई कुन अस्पतालमा लैजाने भन्नेबारेमा तत्काल सल्लाह दिनेलगायत सेवाका लागि उक्त रकम परिचालन गरिएको ब्रसेल्सस्थित सङ्घको प्रधान कार्यालयले जनाएको छ ।
सहयोगस्वरुप प्राप्त रकमबाट अक्सिजन सिलिण्डर, अक्सिजन सङ्केन्द्रक, घरेलु उपचार सामग्री, व्यक्तिगत सुरक्षा उपकरण, ‘एन्टिजेन’ परीक्षण साधन खरिद एवं आपूर्ति गरिनेछ ।

प्रतिक्रिया