सगरमाथामा दुई विदेशी आरोहीको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७८, ३० बैशाख

काठमाडौं, ३० बैशाख । सगरमाथा चढ्ने क्रममा दुई जना विदेशी आरोहीको मृत्यु भएको छ ।
स्विट्जरल्यान्डका आरोही अब्दुल वारैच र अमेरिकी आरोही पुवेई लिउको आरोहणकै क्रममा बिहीबार ज्यान गएको सेभेन समिटले बताएको हो ।
उनीहरू ट्राभल एजेन्सी सेभेन समिटबाट सगरमाथा आरोहणका लागि गएका थिए ।
सेभेन समिटका अनुसार अब्दुल सगरमाथा चुचुरोमा पुगेर फर्किने क्रममा चौथो शिविरमा बसेकै ठाउँमा ज्यान गएको जनाएको छ ।
त्यस्तै पुवे लिउकोे शिखरतर्फ जाँदै गर्दा सात हजार नौ सय मिटरको उचाइमा ज्यान गएको हो । उनी हिलारी स्टेपसम्ममात्र पुग्न सकेका थिए ।
यसपालिको बसन्त याममा सगरमाथामा आरोहीको मृत्यु भएको यो पहिलो पटक हो ।

प्रतिक्रिया