ओलीद्वारा छलफलको प्रस्ताव, नेपाल सकरात्मक
अखबार टुडे
प्रकाशित:
२०७८, ३० बैशाख

काठमाडौं, ३० बैखाख । प्रधानमन्त्री केपी शर्मा ओलीले बरिष्ठ नेता माधवकुमार नेपाललाई भेटवार्ताको प्रस्ताव राखेका छन् । एमालेका अध्यक्ष तथा प्रधानमन्त्री ओलीले नेपाललाई टेलिफोन गरेर वार्ताका लागि प्रस्ताव गरेका हुन् ।
नेता सुवास नेम्बाङले अध्यक्ष ओलीले नेता नेपाललाई टेलिफोन गरेर भेटेर छलफल गर्न प्रस्ताव राखेका हुन् । नेता नेपालमा पनि वार्ताका लागि सकरात्मक रहेको नेम्बाङको भनाइ छ ।
नेता नेपालसहित भीम रावल, घनश्याम भूसाल र सुरेन्द्र पाण्डेको कारबाही फुकुवा गर्ने निर्णयपछि ओलीले वार्ता गर्न चाहेका हुन् । पार्टी हितरित कार्य गरेको आरोपा गएको १६ र २० वैशाखमा चार नेतालाई ६ महिनासम्म निलम्बन गरिएको पत्र ओलीले थमाएका थिए ।
प्रधानमन्त्री ओलीले २७ वैशाखमा संसदमा विश्वासको मत गुमाएपछि राष्ट्रपतिले संविधानको धारा ७६ ९२० अनुसार दुई वा दुई भन्दा बढी दलहरुको संयुक्त सरकारका निम्ति राष्ट्रपतिले दिएको समय सीमा आन ९ बजे सकिँदैछ ।

प्रतिक्रिया