नेपालसहित चार नेताको कारबाही फुकुवा
प्रकाशित:
२०७८, ३० बैशाख

काठमाण्डौं, ३० बैशाख । नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहितका चार नेतामाथि गरेको कारबाही फिर्ता निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको स्थायी कमिटीको बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल, नेताहरु सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसाललाई गरिएको कारबाही फुकुवा गर्ने निर्णय गरेको नेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए । पार्टी एकतालाई ध्यानमा राखेर यो निर्णय लिइएको बताइएको छ ।
अध्यक्ष केपी शर्मा ओलीले पार्टी हितविरुद्ध लागेको भन्दै चारजना नेतालाई ६ महिनाको लागि पार्टीबाट निलम्बन गरेको थियो ।
प्रतिक्रिया
सम्बन्धित समाचार
सुडानमा गृहयुद्धका कारण विद्युत् र यातायात सेवा चरम रूपमा प्रभावित
देशमा पश्चिमी तथा स्थानीय वायु प्रभाव, यी पाँच प्रदेशमा वर्षाको सम्भावना
जेठ १५ गते राजावादीको प्रदर्शन, हाई अलर्ट रहन आईजीपीको निर्देशन
नोराको जादुमयी प्रस्तुति, मध्यरातसम्म नाचे दर्शक
कामपाले २०८२ जनालाई सीप सिकाउँदै, यस्ता छन् तालिमका क्षेत्र र विधा